ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने – Nepal Press

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन गरेका छन् । यसले ह्यारिसको उम्मेदवारीको सम्भावनालाई थप बल पुगेको छ ।

“यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियाँैं उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,” ओबामाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।

“हाम्रो देशका लागि यो महत्वपूर्ण क्षणमा नोभेम्बरमा उहाँले जित्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौं । सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ।”

प्रभावशाली पूर्वराष्ट्रपति डेमोक्र्याटिक पार्टीका अन्तिम ‘हेभी हिटर’हरू मध्ये एक हुनुहुन्थ्यो । ह्यारिसले आइतबार नै राष्ट्रपति जो बाइडेनको समर्थन प्राप्त गरिसकेका छन् ।

ओबामाको समर्थनले ह्यारिसको चुनावी अभियानको बढ्दो गतिलाई अझ बढाउनेछ । अन्तिम समयमा उम्मेदवारी घोषणा गरेदेखि नै समर्थनको आधारहरू बढ्दै गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर