रुसी वैज्ञानिकले बनाए आफैँ सिक्ने रोबोट
नेपाल प्रेस
२०८१ साउन १२ गते १३:०२
काठमाडौँ । रुसका वैज्ञानिकहरुले आफैँ सिक्नसक्ने रोबोट बनाएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा नयाँ विकास गर्दै रुसी वैज्ञानिकहरुले यस्तो कुरा विकास गरेका हुन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार मानिसको कुनै सहयोगबिना आफैँ काम गर्न सक्ने रोबोट रुसको एक वैज्ञानिक समुहले बनाएका छन् ।
टीबैंक नामको एक वैज्ञानिक समुहले विकास गरेको प्रविधिले सोचेको भन्दा पाँच गुणा राम्रो काम गरेको बताइएको छ ।
अन्य रोबोटका कामरु के के हुने र कस्तो हुने भन्नेमा मान्छेले दिएको डेटा र आदेश महत्वपुर्ण हुनेमा यो प्रविधिमा त्यो कुरा आवश्यक नहुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर