भीम रावलको प्रश्न- ओली र देउवाले आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्व कसरी हुन्छ ? (भिडिओ) – Nepal Press

भीम रावलको प्रश्न- ओली र देउवाले आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्व कसरी हुन्छ ? (भिडिओ)

'चुनावमा नेकपा एमाले जिन्दावाद, भोट केमा हलो भन्दै हिँडेको देखें'

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेकाे भन्नुकाे कुनै अर्थ नभएको टिप्पणी गरेका छन्। पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकी तीन वर्ष पनि ओली र देउवाबीच आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने बताए।

उनले भने, ‘एमाले कांग्रेससँग मिलेर सरकारमा छ, मैले सुन्छु हामी राजनीतिक स्थायित्वको लागि गएका हौं। सात बुँदे सहमतिमा हेर बाँकी तीन बर्ष हाम्रै अध्यक्ष नै प्रधानमन्त्री हुने रहेछ कि भनेर, उहाँहरुले प्रधानमन्त्री फेरिरहने कुराले हामीले विकास गर्न सकेनौं, त्यसैले सरकारलाई स्थायित्व भनिएको छ। दुई बर्ष ओली, डेढ बर्ष कांग्रेसले सरकार चलाउने, चुनावी सरकारकाे नेतृत्व गर्ने भनेपछि कहाँ छ राजनीतिक स्थायित्वको कुरा। पहिला प्रचण्डसँग पनि त्यस्तै सहमति भएकाे थियाे।’
उनले प्रदेशमा पनि उस्तै भद्रगोल पारेको बताए।

उनले भने, ‘कुर्सी अलिकति हल्लियो भने, दिल्लीमा गएर सम्झौता गर्नुपर्ने हो कि, या कुनै व्यापारीको घरमा राति १२ बजे वार्ता गर्नुपर्ने कुनै रेखा छैन।’

विपरित सिद्धान्त भएका राजनीतिक दलहरु मिलेर चुनाव लडेकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘विपरित राजनीतिक दलका मानिसहरुलाई चुनावमा बोक्दा घोषणा पत्र र संविधानको कार्यान्वयन भयो त? म एमालेको केन्द्रीय कमिटीमा छँदाखेरी बुझाएकै देख्थे। तर, मैले देखे नेकपा एमाले जिन्दावाद, भोट केमा हलो। मैले बुझ्नै सकिन यो राजनीति, यहाँ एकीकृत समाजवादीका नेताहरु धेरै हुनुहन्छ अन्यथा नलिनुहोला, निर्वाचनको बेलामा नेपाली कांग्रेस जिन्दावाद, भोट केमा कलममा? बझुनै सकिनँ। तपाईंहरु नीति र सिद्धान्त प्रधान भन्नुहुन्थ्यो यही हो।’


प्रतिक्रिया

2 thoughts on “भीम रावलको प्रश्न- ओली र देउवाले आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्व कसरी हुन्छ ? (भिडिओ)

  1. ठ्याक्कै दिल्लीको भाषा । पक्कै एजेण्ट हुनुपर्छ । पाताल मै पुर्याईदेउ ओलि ।

  2. खाली विरोधका लागि विरोध मात्र नगर्नुस । यसले स्थिरता नल्याउने भए केले ल्याउछ त ? यस्तो विचार दिनु छैन, सधै काइते कुरा गरेर पार्टीमा बस्न लाज छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर