ओलम्पिक उद्घाटन समारोहमा दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि… – Nepal Press

ओलम्पिक उद्घाटन समारोहमा दक्षिण कोरियालाई उत्तर कोरिया भनेपछि…

काठमाडौं। उत्तर र दक्षिण कोरिया दुई फरकफरक देश हुन् । एक समुदाय, सभ्यता, संस्कृति र भाषा भएतापनि सन १०५० देखि १९५३ सम्मको कोरियाली युद्धले कम्युनिष्ट पक्षधर उत्तर कोरिया भए ।

गैरकम्युनिष्ट पक्षधर दक्षिण कोरिया । यी देशहरुको त्यसै कारण शत्रुता धेरै छ । तर, हालसालै उद्घाटन भएको फ्रान्सको राजधानी पेरिसको ओलम्पिकमा भने दक्षिण कोरियाको नाम उच्चारण गर्दा उत्तर कोरिया भनिएको छ ।

त्यसले आयोजकले माफी माग्ने अवस्था आएको छ । बीबीसीका अनुसार ओलम्पिक आयोजकहरुले त्यो गल्तीको लागि ‘गहिरो क्षमा’ मागेका छन् । उत्तर कोरियाको टोली आउनु भन्दा अगाडि परेडमा आएको दक्षिण कोरियालाई लोकतान्त्रिक जनगणतन्त्र कोरिया भनेर उत्तर कोरियाको औपचारिक नाममा सम्बोधन गरियो ।

फ्रेन्च र अंग्रेजीमा भएको सोही सम्बोधन उत्तर कोरिया आउँदा पनि गरिएको थियो । दक्षिण कोरियाली खेलकुद मन्त्रालयले यस्तो गल्तीविरुद्ध जाने बताएको छ ।

दक्षिण कोरियाका उपखेलकुद मन्त्री तथा सन २००८ को ओलम्पिक खेलका भारोत्तोलनतर्फका विजेता जाङ मि रानले ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचसँग भेट्ने माग गरेका छन् । अहिले जारी ओलम्पिकमा उत्तर कोरियाले १६ खेलाडी पठाएको छ भने दक्षिण कोरियाले १४३ पठाएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर