प्रधानमन्त्री ओलीले सुनाए भूतसँग जम्काभेट भएको कथा (भिडिओ) – Nepal Press

प्रधानमन्त्री ओलीले सुनाए भूतसँग जम्काभेट भएको कथा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूतसँग आफ्नो जम्काभेट भएको कथा सुनाएका छन्।

नेकपा एमालेका मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई बोल्दै उनले भुत प्रेतले मुसाको बच्चालाई पनि तर्साउन नसक्ने बताए। उनले मान्छेले नै भूतको मान्यता बनाएरआफैं तर्सिँदै हिँडेको उनको भनाइ छ।

त्यसबारे ओलीको भनाइः

एकपल्ट मैले पनि भूत भेटेको थिएँ, खेतको छेउमा, म छक्क परें, मेरो घरभन्दा ५ मिनटजतिको पर होला।

सधैं बेलुका म त्यो बाटो हिँड्थे, सधैं त्यही बाटो हिँडिरहेको बेलामा एकदिन मेरो अगाडि सेतो कपडा लगाएर भूत खडा भयो, म भन्दा निक्कै अग्लो। बाट्टैमा आएर छेकेरै उभियो। अचम्म लाग्यो यो भूत कसरी आयो ? मान्छे त यति अग्लो हुँदैन। त्यसबेलामा हामीहरु बाँसको डन्डी टेकेर हिँड्थ्यौं त्यसबेला।

विभिन्न कुरा आइपर्नसक्छ राति भनेर, मैले बाटो छोड भनेर भूतले त टेरपुछार नै लाएन। यसो गर्दै मतिर पो ढल्किन खोज्छ। अनि मैले त्यही बाँसको डन्डाले बेसरी कसेर भूतलाई हानेको, भरे त त्यो काँसको झुप्पो रहेछ।

फुलेको काँस। फुलैको काँस बाटैको छेउमा। तर, त्यो काँस मलाई उम्रिएदेखि थाहा छ। तर, त्यो दिन अचानक त्यसलाई भूत देखें।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर