प्रचण्ड लक्षित उपेन्द्रकाे टिप्पणी- दुई दिनको सत्ताका लागि राजावादी, कांग्रेस जाेसँग पनि मिल्छन् (भिडिओ) – Nepal Press

प्रचण्ड लक्षित उपेन्द्रकाे टिप्पणी- दुई दिनको सत्ताका लागि राजावादी, कांग्रेस जाेसँग पनि मिल्छन् (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छरिएर रहेका कम्युनिष्टहरु को सही को गलत भन्ने छुट्याउन गाह्रो रहेको बताएका छन् । पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा, पदको लागि जे पनि गर्न तयार भएको बताए ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु भने, ‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म । सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। त्यसको दौडमा यतिसम्म गिर्छन्, कल्पना नै गर्छ सकिँदैन। त्यो युग अहिले आएको छ। कुनै काम बाँकी नछोड्ने, दुई दिनको सरकारको लागि राजावादीसँग पनि मिलेकै हो। राजावादी, कांग्रेससबैसँग चलेको छ। केका लागि भन्दा अवसरवादको लागि।’

प्रचण्डले आफ्नो सत्ता जोगाउनको लागि आफ्नो पार्टी फुटाएको आरोप उपेन्द्रले लगाउँदै आइरहेका छन्। आज प्रचण्ड पनि सहभागी कार्यक्रममा दुई दिनको सत्ताको लागि जे पनि गर्न तयार भएको भन्दै प्रचण्डलक्षित गर्दै अभिव्यक्ति दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर