कांग्रेस र एमालेलाई झलनाथको चेतावनी- तथाकथित सहमतिविरूद्व मेची-महाकाली संग्राम गर्न नपरोस् (भिडिओ) – Nepal Press

कांग्रेस र एमालेलाई झलनाथको चेतावनी- तथाकथित सहमतिविरूद्व मेची-महाकाली संग्राम गर्न नपरोस् (भिडिओ)

पार्टीभित्र मतभिन्नता हुनासाथ उछिट्याइहाल्ने प्रवृत्ति कम्युनिष्टमा देखिएका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब हामीले नयाँ बहस सुरु गर्नुपर्ने बताए ।

‘कम सबै कमरेडलाई उच्चस्तरबाट बहस गर्न निम्ता दिन्छु । गहन ढंगले बहस सुरु गरौं, मैत्रीपूर्ण ढंगले, हिजो कतिपय बेलामा कुनै मतभिन्नता भयो भने तुरुन्त लाञ्छना लगाइहाल्ने, शत्रु जस्तो व्यवहार गर्ने प्रचलन थियो’, उनले एमालेलाई लक्षित गर्दै भने, ‘अहिले पनि कतिपय पार्टीभित्र मतभिन्नता भयो कि त्यसलाई उछिट्याइहाल्ने कुनै पनि हालतले यो खालको प्रवृत्ति छ । कतिपय नेताहरुले भोगिराख्नु पनि भएको छ ।’

उनले कम्युनिष्टहरुबीच वैचारिक र नीतिगत एकता गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरुले मुख्य प्रतिद्वन्द्वी टुंगो लगाएर अघि बढ्नुपर्ने बताए ।

नेता खनालले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै ! कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ । संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन् ? किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ । यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन ।’

संविधान संशोधन जस्तो विषयमा खेलाची गर्न नहुने भएकाले स्वीकार्न नसकिने उनले बताए ।

नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए । यो समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनले सचेत गराए ।


प्रतिक्रिया

One thought on “कांग्रेस र एमालेलाई झलनाथको चेतावनी- तथाकथित सहमतिविरूद्व मेची-महाकाली संग्राम गर्न नपरोस् (भिडिओ)

  1. झलनाथ कमरेड कतिसम्म बोल्नु हुन्छ मलामि पनि सकिने भए तपाईंको बोलीले नेकपा एमालेको जनता समर्थक कार्याकर्ता नेताले तपाईंलाई राम्रो मान्दैनन् है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर