एमालेभित्रको ठूलो देशभक्त पंक्तिको मलाई चिन्ता छ : प्रचण्ड (भिडिओ) – Nepal Press

एमालेभित्रको ठूलो देशभक्त पंक्तिको मलाई चिन्ता छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कम्युनिष्ट एकताको प्रयास गर्दा असफल भएको बताए ।

प्रचण्डले भने, ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको प्रयास अघि बढाएको थिएँ, तर सफल भएन । एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै छ । कम्युनिष्ट आन्दोलनप्रति ठूलो त्याग गरेका, योगदान गरेका मानिसहरु छन् । मेरो चिन्ता त्यो पंक्तिसँग हामी सबै सञ्चा कम्युनिष्ट क्रान्तिकारी भन्नेहरु कसरी जोडिने भन्नेबारेमा चिन्तनमनन गरिराख्नुपर्नेछ ।’


प्रतिक्रिया

3 thoughts on “एमालेभित्रको ठूलो देशभक्त पंक्तिको मलाई चिन्ता छ : प्रचण्ड (भिडिओ)

  1. कुनै पनि पार्टीको बहुमत नआएको खण्डमा पहिलो र दोस्रो हुने पार्टीले आधा आधा समय सरकार चलाउनु पर्छ। यि साना पार्टीको दोकान बन्द गर्नु पर्छ।

  2. प्रचन्ड कँ’णले आफ्नै बिघटोन्मुख पार्टी र लोपोन्मुख कार्यकर्ताको चिन्ता गरे हुन्थ्यो, एमालेका कार्यकर्ताको चिन्ता गर्ने एमालेमै प्रसस्त नेता/अभियन्ता छन्।
    भष्मासुरको आशिरबाद जस्तो भएको छ प्रचण्ड कमरेडको अबस्था, जसको टाउकोमा हात राख्यो त्यै भस्म हुन्छ। अब आफ्नो टाउकोमा आफै हात राखेको अबस्था छ। कर्मको फल त भोग्नै परो!

  3. comfortable का अभियान्ता भारतमा बसेर नेपाल र नेपालीलाई अफ्ट्यारो पार्ने प्रचण्डले केको राष्ट्रवाद को कुरा गर्ने हामी एमालेहरूको चिन्ता गर्ने हामी राष्ट्रवादको ओतप्रोत नेकपा एमाले भित्र नै रहनेछौ भारतीय विस्तारवादको धोर निन्दा गर्छौ।नेकपा एमाले जिन्दावाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर