चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो प्लेनरीले विश्वमा सकारात्मक सन्देश प्रवाह गरेको छ: राजदूत सोङ – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो प्लेनरीले विश्वमा सकारात्मक सन्देश प्रवाह गरेको छ: राजदूत सोङ

काठमाडौं । हालसालै चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो प्लेनरी बैठक सम्पन्न भएर यसले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको नेपालका लागि चिनियाँ राजदूत चन सोङले बताएका छन् ।

राजदूत सोङले जुलाई १५ देखि १८ सम्म बेइजिङमा भएको प्लेनरीले चीनमा विकास तथा लगानीको लागि स्थायित्व दिएको बताएका छन् ।

सन् २०२४ को प्रथम अर्धवार्षिकमा चीनको कुल गार्हस्थ उत्पादन ५ प्रतिशत बढेको तथा चीनको आर्थिक वृद्धिले उच्च गुणस्तरको विकासमा सहयोग पुग्ने बताउँदै उनले चीनको आर्थिक प्रगतिको बाटो विकासोन्मुख देशहरुमा वस्तु, सेवा, पुँजी तथा श्रम बजारको रुपमा पुग्ने विश्वास व्यक्त गरे । त्यसबाट नेपाललाई पनि फाइदा पुग्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर