ओलीले नराम्रो रूपमा लिन्छन् भनेर देउवा आउनुभएन, उहाँको मन हामीसँगै छ: माधव नेपाल (भिडिओ) – Nepal Press

ओलीले नराम्रो रूपमा लिन्छन् भनेर देउवा आउनुभएन, उहाँको मन हामीसँगै छ: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा आत्तिएर आफ्नो कार्यक्रममा नआएको बताएका छन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले नराम्रो सोच्नसक्ने भएकाले देउवा नआएको बताए ।

नेता नेपालले भने, ‘हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं । शेरबहादुरजी आत्तिनुभएको होला, यहाँ आयो भने केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं सबै कुरा । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ, त्यसैले केही फरक पर्नेवाला छैन, उहाँ आउन पाए पनि नपाए पनि भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यही छ, मन यता पनि छ ।’

उनले संविधान संशोधन गर्ने विषय लुकेर गर्ने कुरा नभएको उल्लेख गर्दै विचार गरेर अघि बढ्न देउवालाई आग्रह गरे ।


प्रतिक्रिया

3 thoughts on “ओलीले नराम्रो रूपमा लिन्छन् भनेर देउवा आउनुभएन, उहाँको मन हामीसँगै छ: माधव नेपाल (भिडिओ)

  1. देउवाको सहयोगमा कम्युनिस्ट अान्दोलन अघि बढाउने सपना देख्छ बिना ढेउवा

  2. कठै उहाँको बुद्धि उहाँको यो दिन देख्न प-यो हामीले एमालेको नेता बनाउदा को दिन सम्झेर दिक्क लाग्यो ।

  3. अझै देउबाले दया गर्लान कि भन्ने आसा छ माकुनेलाई। यस्ता मान्छे पनि एमालेको नेता बनेका रहेछन्। संझिदा पनि दिक्क लाग्छ अहिले। कांग्रेस सित पार्टी मिलाए हुन्छ एस भन्ने झुण्डलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर