निर्माण उद्योग परिषदद्वारा मौद्रिक नीतिको स्वागत (भिडिओ) – Nepal Press

निर्माण उद्योग परिषदद्वारा मौद्रिक नीतिको स्वागत (भिडिओ)

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीति सहज व्यवसायको वातावरण बन्नेगरी आएको भन्दै स्वागत गरेको छ ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तीय क्षेत्रसमेत संकटमुक्त भइ व्यवसाय गर्न सहज हुनेगरी मौद्रिक नीति आएको भन्दै स्वागत गरेको हो ।

वर्तमान सरकारको पहलमा राष्ट्र बैंकले समस्या समाधान हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरु सम्बोधन भएको भन्दै परिषद्ले धन्यवादसमेत दिएको छ ।

चेक तथा जमानत जफत गरी कालोसूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुन मौद्रिक नीति कोसेढुङ्गा सावित हुने परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए ।

उनले निर्माण क्षेत्रसम्बन्धी आफूहरुकाा केही माग यसअघि नै सरकारसमक्ष राखेको भन्दै उक्त मागहरु पनि सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *