संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो, निर्वाचन आयुक्तमा सिफारिस प्रधान अनुमोदित होलान् ? – Nepal Press

संसदीय सुनुवाइ समितिको बैठक बोलाइयो, निर्वाचन आयुक्तमा सिफारिस प्रधान अनुमोदित होलान् ?

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ । यही सोमबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेगरी बैठक बोलाइएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिनसक्ने बताइएको छ ।

सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ भइसकेको छ । कानून समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप लागेको छ ।

विवादित प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेको बेलामा समितिको बैठक राखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर