मौद्रिक नीतिलाई पनि शेयरको स्वागत: प्रि-ओपन सेसनमै ३८ अंकले वृद्धि
काठमाडौं । प्रि ओपन सेसनमै नेपाल स्टक एक्सचेन्ज ३८ अंकले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारको प्रि-ओपन सेसनमै नेप्से परिसूचक ३८.२७ अंकले बढेको हो ।
शेयरबजारको कारोबार खुल्नअघिको प्रि-ओपन सेसनमै नेप्से ३८ अंकले बढ्दा १८ लाख ५०६ कित्ता शेयरको खरिदबिक्रीमा हुदाँ ९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ ।
दुई ठूला पार्टीको गठबन्धन सरकारले राजनीतिक स्थिरता ल्याउने अपेक्षासहित लगानीकर्ता उत्साहित हुँदा पछिल्लो समय शेयर बजारमा निरन्तर उछाल आएको छ । शुक्रबार राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको विभिन्न सरोकारवालाले सकारात्मक प्रतिक्रियासहित स्वागत गरेका छन् । यो क्रम आजको नेप्सेको सुरूवाती कारोबारमा पनि देखियो ।