सिंहदरबारमा सचिव र योजना आयोगका पदाधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदैछन् । त्यसका लागि अहिले सिंहदरबारमा बैठक बसिरहेकाे छ ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले मन्त्रालयले गर्दै आएका कामको अवस्था, रोकिएका काम र रोकिनुका कारण ? नागरिकलाई सेवा प्रवाहमा र विकास निर्माणमा तत्काल गर्न सकिने कामको विषय मुख्य एजेण्डा छन् ।
सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ ।