२९ महिनापछि २७०० को बिन्दुमाथि कारोबार, खुल्यो दोस्रो सर्किट ब्रेक – Nepal Press

२९ महिनापछि २७०० को बिन्दुमाथि कारोबार, खुल्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २७०० को बिन्दुमाथि कारोबार भएको छ । आइतबार दोस्रो सर्किट खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचकले २७०० को बिन्दुलाई पार गरेको हो ।

जुन करिब २९ महिनापछि परिसूचकले पार गरेको हो । यसअघि २०७८ फागुन ११ गते नेप्से परिसूचक २७०० बिन्दुमाथि पुगेको थियो ।

आइतबार प्रि ओपन सेसनबाटै उच्च अंकले बढेको सेयरबजार ११ बजेर १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो । भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ को बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।

अहिले १२ बजेर २८ मिनेटसम्म १ करोड ११ लाख ६८१ कित्ता सेयरको खरिदविक्री हुदाँ ४ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । भने, तीब्र उछाल देखिएको बजार अहिले सम्हालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *