रुसमा ६० टनको फलामे पुल रातारात चोरेर कवाडीमा बिक्री
नेपाल प्रेस
२०८१ साउन १३ गते १२:३९
काठमाडौं । रुसमा ६० टनको एक फलामे पुल चोरी गरेर कवाडीलाई बिक्री भएको खुलेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार रुसको पश्चिमी भागको सोभियत संघताका बनेको उक्त पुल चोरी गरेर बिक्री भएको हो ।
पुल चोरी भएको घटना स्थानीय अभियानकर्मी स्वेतलाना कोनोभालोभाले सबैभन्दा पहिलो पटक बुधवार जानकारी दिएकी थिइन् ।
सरकारी खोजका अनुसार पुललाई १५ हजार अमेरिकी डलरमा बिक्री गरिएको खुलेको छ ।
रुसको राजधानी मस्कोबाट २०० किलोमिटर दक्षिणपूर्वी क्षेत्रको रासन क्षेत्रको पुल चोरी भएको घटनालाई आपराधिक घटनाको रूपमा रुसी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर