आफूलाई गोली हानिएको बट्लर क्षेत्रमा पुनः राजनीतिक सभा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प आफूलाई गोली हानिएको क्षेत्रमा पुनः जाने भएका छन् ।
उनकै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै ट्रम्पले शुक्रवार यस्तो सार्वजनिक गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
आरटीका अनुसार अमेरिकाको पेन्सिल्भियाको बट्लर क्षेत्रमा ट्रम्पले पुनः राजनीतिक सभा गर्ने बताएका हुन् ।
गत जुलाई १३ मा उनलाई गोली हानिएकै क्षेत्रमा राजनीतिक सभा गर्ने सन्देश जारी गर्दै उनले लेखेका छन्, ‘अग्नि नियन्त्रक हाम्रा प्रिय नायकहरूको सम्मानको लागि म पेन्सिल्भियाको बट्लर क्षेत्रमा एक विशाल र सुन्दर राजनीतिक सभाको लागि जाँदैछु ।’
ट्रम्पलाई हानिएको गोली लागेर मृत्यु भएका अग्नि नियन्त्रक कोरी कम्पेराटोलको सम्बोधनमा उनले यस्तो पोस्ट गरेको बताएका छन् ।