पुलित्जर विजेता अमेरिकी पत्रकार लेख्छन्- ओबामाको धम्कीपछि बाइडेनले चुनावी दौड छोडे – Nepal Press

पुलित्जर विजेता अमेरिकी पत्रकार लेख्छन्- ओबामाको धम्कीपछि बाइडेनले चुनावी दौड छोडे

काठमाडौं । चर्चित अमेरिकी खोज पत्रकार तथा सन १९७० का पुलित्जर पुरस्कार विजेता सिमो हसले जो बाइडेने राष्ट्रपतीय दौड छोडेर कमला उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्नुमा ओबामाको धम्की प्रमुख कारण भएको बताएका छन् ।

हसले लेखेको ब्लग साभार गर्दै रुसी समाचार एजेन्सी स्पुत्निकले अमेरिकी संविधानको २५ औँ संशोधन देखाएर ओबामाले धम्की दिइएको लेखेको छ ।

अमेरिकी संविधानको २५ औँ संशोधनले राष्ट्रपतिको स्वास्थ्य ठीक नभएको उपराष्ट्रपतिले औपचारिक जानकारी दिएमा उनको पद जाने र उपराष्ट्रपतिले त्यो पद लिन पाउने प्रावधान छ ।

डेमोक्रेटिक पार्टीका चन्दादाता तथा नेता कार्यकर्ताहरुले ट्रम्पलाई हराउने योग्य दक्षता बाइडेनको नभएको भन्दै उम्मेदवारी फिर्ता लिन औपचारिकरुपमै आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्- अमेरिकी अखबार लेख्छ- बाइडेनले चुनाव छोड्नुपर्ने पक्षमा छन् ओबामा

ओबामाले पनि नीजि गफहरूमा बाइडेनले चुनावी दौड छोड्नुपर्ने बताएको सार्वजनिक भएको थियो । गत जुन २७ मा बाइडेनले ट्रम्पसँग गरेको चुनावी डिबेटमा उनको कमजोर प्रस्तुति भएपछि बाइडेनको स्वास्थ्य तथा चुनावी जितमा उनकै पक्षका धेरैले आशंका गरेका थिए ।

जुलाई १३ मा ट्रम्पलाई गोली प्रहार भएपछि उनीप्रति बढेको सहानुभूतिको ग्राफले बाइडेनलाई जित्न झन् गाह्रो भएको बताइएको थियो ।

त्यसैबीचमा बाइडेनले जुलाई २१ मा आफू राष्ट्रपतिको उम्मेदवार नहुने र कमला ह्यारिसलाई उम्मेदवार बन्न साथ दिने बताएका थिए ।

उनको हस्ताक्षरको पत्र त्यो बेला सार्वजनिक भएको थियो जुन बेला उनी कोभिड लागेर आराम गरिरहेका थिए ।


प्रतिक्रिया

One thought on “पुलित्जर विजेता अमेरिकी पत्रकार लेख्छन्- ओबामाको धम्कीपछि बाइडेनले चुनावी दौड छोडे

  1. ” रुसी समाचार एजेन्सी स्पुत्निक” – सबैलाई थाहा छ रसिया आफ्नो कठ-पुतली TRUMP लाई जिताउन चाहन्छ, त्येही भएर डेमोक्राट पार्टीको बिरुद्ध अनेकौं दुस्प्रचारमा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर