बैकुण्ठ अर्याल बयानका लागि अदालत हाजिर
काठमाडौं । भ्रष्टाचारको अभियोगमा मुद्दा दायरपछि मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्याल बयानका लागि विशेष अदालत पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी बयान दिन पुगेका हुन् ।
अर्यालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।