भारतलाई हराउँदै श्रीलंकाले पहिलाेपटक जित्यो महिला एसिया कप क्रिकेटको उपाधि – Nepal Press

भारतलाई हराउँदै श्रीलंकाले पहिलाेपटक जित्यो महिला एसिया कप क्रिकेटको उपाधि

काठमाडौं । महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो ।

टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा १६५ रनको बलियो स्कोर खडा गरेको थियो । भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन् । श्रीलंकाले २ विकेट मात्रै गुमाएर लक्ष्य भेट्टायो ।

श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए ।

चौंथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो ।

श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो । भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *