सहकारी छानबिन समिति : आजको बैठकमा के भयो ? (भिडिओ)
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा बिभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमालेलगायत अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् । बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
सबेको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनले बताए । आइतबार नै समितिले चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रको लेखा परीक्षणका क्रममा देखिएका तथ्यबारेमा जानकारी लिएको थापाले बताए ।
नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको भन्दै उनले सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गर्ने र निष्कर्षमा पुग्ने बताए ।