हरेक वर्ष एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक – Nepal Press

हरेक वर्ष एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक

बुटवल । आफ्नो १४औं वार्षिकोत्सवमा १४ हजार विरुवा रोपेर शुरू गरिएको ‘ग्रो ग्रीन प्रोजेक्ट’अन्तर्गत शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यस वर्ष पनि एक हजार विरुवा रोप्ने अभियान थालेको छ ।

अभियानअनुसार भैरहवा क्लस्टरअन्तर्गत रहेको सूर्यपुरासहितका सात शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँपालिका- ७ मा रहेका जनकल्याण मावि र तिलेश्वर्य प्रावि परिसरमा विभिन्न प्रजातिका सय वटाभन्दा बढी बोट विरुवा रोपिएको छ ।

उक्त कार्यक्रममा बैंकका मानव संशाधन हेड तथा ब्राण्ड स्ट्राटेजी अफिसर प्रभास राईले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्ने सामाजिक काम र खर्चलाई विश्वकै चुनौती बनेको वातावरण संरक्षणमा लगानी गरिरहेको बताए ।

हरेक वर्ष एक हजारका दरले विरुवा रोप्दै हालसम्म बैंकले १६ हजार विरुवा रोपिसकेको र यस वर्ष थप एक हजार वृक्षारोपण गरी १७ हजार पु¥याइने उनले बताए ।

कार्यक्रममा बैंकको भैरहवा क्लस्टर प्रमुख सतिशकुमार द्विवेदी, सूर्यपुरा शाखा प्रमुख दिनेश थारु, छपिया शाखा प्रमुख राजु शर्मा, तौलिहवा शाखा प्रमुख अब्दुल कादिर हलवाई विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार यादव, हरिश कोहार, समाजसेवी सन्दीप गुप्तालगायतले वातावरण संरक्षणका लागि बैंकले थालेको अभियान अरुले पनि अनुशरण गर्न लायक रहेको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *