निजी सवारीसाधनमा पठाओ र इन्ड्राइभ रोक्न ट्याक्सी व्यवसायीहरुको माग – Nepal Press

निजी सवारीसाधनमा पठाओ र इन्ड्राइभ रोक्न ट्याक्सी व्यवसायीहरुको माग

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले २ पांग्रे तथा ४ पांग्रे (रातो नम्बर प्लेट)लाई सार्वजनिक सवारीसाधनसरह यात्रु ओसारपसार गर्ने गराउने कार्य रोक्न माग गरेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति, नेपाल ट्याक्सी चालक संघलगायतले विज्ञप्ति निकाल्दै रातो नम्बर प्लेट भएका मोटरसाइकल र ४ पांग्रे सवारीसाधनमा यात्रु बोक्न रोक्नुपर्ने माग राखेका छन् । उनीहरुले उक्त कार्य नरोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

‘हामीले पटकपटक सम्बन्धित निकायहरुमा कानूनविपरीत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ को वर्खिलाप हुनेगरी २ पांग्रे तथा ४ पांग्रे (रातो नम्बर प्लेट)का सवारीसाधनहरुलाई सार्वजनिक सवारीका साधनसरह यात्रु ओसारपसार गर्ने गराउने कार्यलाई रोक्न अग्रह गरेका थियौं । सम्बन्धित निकायले हाम्रो आग्रहलाई बेवास्ता गरी कानूनविपरीतका कार्यहरु तत्काल नरोकेमा ट्याक्सी व्यवसायी र पेशाकर्मीहरु आन्दोलित हुनेछौं’, विज्ञप्तिमा भनिएको छ ।

रातो नम्बर प्लेट भएका बाइकले पठाओ र इन्ड्राइभ सञ्चालन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *