अपहरण तथा शरीर बन्धक मुद्दामा फरार महतो १४ वर्षपछि पक्राउ
चितवन । चितवन जिल्ला अदालतले १४ वर्षअघि दोषी ठहर गरेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा २०६७ साल साउन १ गते चितवन जिल्ला अदालतले दोषी ठहर गरेका तत्कालीन बघौडा गाविस- ६ तथा हाल माडी- ३ का सुकराम महतोलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार उक्त मुद्दामा दोषी ठहर गर्दै चितवन अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकेको थियो । तर, अदालतले फैसला गरेर पत्र पठाए पनि उनी अहिलेसम्म फरार रहेका थिए ।
खावु भन्ने महतोलाई ६६ वर्षको उमेरमा भरतपुरको वडा नम्बर २२ पटिहानीबाट प्रहरीले पक्राउ गरेको छ । महतो चितवनमै रहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय गीतानगर र इलाका प्रहरी कार्यालय माडीको विशेष पहलमा उनलाई शुक्रबार पक्राउ गरी अदालत उपस्थित गराइएको उनले जानकारी दिए ।