पत्रकारमाथि हातपात गर्ने ५ जना पक्राउ
पोखरा । पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका दुई पत्रकारलाई हातपात गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा-९, शान्तिवनका ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा लामाचौरका सहचालक १६ वर्षीय किशोर, लमजुङ घर भई पोखरा बस्ने ट्याक्सी चालक २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जा घर भई पोखरा घारीपाटन बस्ने २५ वर्षीय टंकबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको छ ।