पेरिस ओलम्पिक: २१ देशले जिते पदक – Nepal Press

पेरिस ओलम्पिक: २१ देशले जिते पदक

हेटौंडा । फ्रान्सको पेरिसमा जारी ओलम्पिक २०२४ मा हालसम्म २० वटा देश पदक जित्न सफल भएका छन् ।

यो समाचार तयार पार्दासम्म ४५ वटा पदकको छिनोफानो भएको छ । जसमा दक्षिण एसियाली देशहरुमा भारतले १ काँस्य जितेको छ । भारतले महिला सुटिङमा काश्य पदक जितेको छ । भारतको लागि १० मिटर एयर पेस्तोलमा मनु भाकेरले काँस्य पदक जितेका हुन् ।

हालसम्म ३ स्वर्ण र २ रजतसहित ५ पदक जितेर अष्ट्रेलिया पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको चीनले पनि ३ स्वर्ण र एक काँस्य गरी ४ पदक जितेको छ । तेस्रो स्थानमा रहेको अमेरिकाको एक स्वर्ण र दुई रजत तथा २ काँस्यसहित ५ पदक छ ।

चौथो स्थानमा आयोजक फ्रान्स छ । उसको १ स्वर्ण, २ रजत र एक काँस्य गरी ५ पदक छ । पाँचौंमा स्थानमा रहेको दक्षिण कोरियाको १ स्वर्ण, १ रजत र १ काँस्य गरी ३ पदक छ ।

हालसम्म बेल्जियम, जापान, कजाकस्तान, हङकङ र ग्रीसले एकएक स्वर्ण पदक जितेका छन् । बेलायत, क्यानडा, फिजी, मंगोलिया, ट्युनिसिया, स्पेन, हङ्गेरी, साउथ अफ्रिका र स्वीडेनले पनि पदक जितेका छन् । तिनीहरुले स्वर्ण नजिते पनि अन्य पदक जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर