लघुवित्त ऋणीलाई राहत, एकजनाले दुईवटाबाट ऋण लिन पाउने – Nepal Press

लघुवित्त ऋणीलाई राहत, एकजनाले दुईवटाबाट ऋण लिन पाउने

काठमाडौं । लघुवित्तका ऋणीले दुई वटा संस्थाहरूबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै एक ऋणीले दुई वटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको हो । जुन यसअघि एक जना ऋणीले एउटा मात्रै लघुवित्तबाट ऋण लिन पाउने व्यवस्था रहेको थियो ।

संशोधन गरिएको एकीकृत निर्देशन २०७९ अनुसार बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघु कर्जा प्रदान गर्दा कर्जाको सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *