ट्रमामा अत्याधुनिक मोडुलर अपरेसन थिएटर, के छ विशेषता ? – Nepal Press

ट्रमामा अत्याधुनिक मोडुलर अपरेसन थिएटर, के छ विशेषता ?

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तरगत काठमाडौंमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ती अपरेसन थिएटरको उद्घाटन गरेका छन् । म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालिले यी मोडुलर अपरेसन थिएटर निर्माण गरेको हो । एनएबीएचको मापदण्डअनुसार बनाइएका यी थिएटरमा सम्पुर्ण ढोका बाहिरी बातावरणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्ने इन्सुलेटेड प्रविधिको राखिएको छ ।

त्यसैगरी ब्याक्टेरियोस्टेटिक फ्लोरहरू, लामिनार एयरफ्लोको उचित स्थिति, आधुनिक अपरेटिंग टेबलहरू, हावा फिल्टर प्रणालीजस्ता प्रविधिको प्रयोग गरिएको छ । अपरेसन थिएटरमा मेडिकल ग्यास पाइपलाइन प्रणाली, फ्लेक्सिबल लाइट प्यान्डन्टहरू, सर्जन प्यानलमा सही नियन्त्रणहरू, स्क्रब स्टेशनहरू, र युटिलिटी प्यान्डन्टहरू पनि आधुनिक खालको प्रयोग गरिएको बताइएको छ । जसले शल्यक्रियाको गुणस्तरलाई उल्लेखनीय रूपमा वृद्धि गर्न सहयोग गर्नुका साथै संक्रमणको जोखिम कम हुन्छ ।

यहाँ निर्माण गरिएको मोडुलर ओटीमा LAF प्रणालीको अतिरिक्त, उच्च-गुणस्तरको ग्लास प्यानल र स्टेनलेस स्टील प्यानल प्रयोग गरिएको छ । जसले न्यूनतम मर्मत खर्च बढी सुरक्षा कम संक्रमणको ग्यारेण्टी गरेको कम्पनीले जनाएको छ ।

सरकारी अस्पतालमध्ये ट्रमा सेन्टरले पहिलोपटक स्टील प्यानलसहितको अत्याधुनिक मोडुलर अपरेसन सञ्चालनमा ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर