आफैं ब्याक भए प्रस्तावित आयुक्त कृष्णमान, हौसला नभएको भन्दै संसदीय समितिमा निवेदन
काठमाडौं । संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । अनुमोदन हुने निश्चित भएपछि उनले सो पदका लागि इच्छुक नरहेको भन्दै संसदीय समितिमा निवेदन दिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताए ।
पाण्डेले निवेदनमा निर्वाचन आयुक्त बन्ने हौसला र इच्छा समाप्त भएको उल्लेख गरेका छन् ।
आज बिहान बोलाइएको संसदीय सुनवाइको बैठक बेलुकालाई सारेर बेलुका बैठक बस्नुअघि यो विवादको ‘सेफल्यान्डिङ’ गर्न नेताहरू जुटेका थिए ।
प्रधानले नाम फिर्ता लिएको जानकारीसहितको निवेदन समितिमा दिएको बताइएको छ ।
प्रधानविरुद्ध यौन शोषणसँग सम्बन्धित चारवटा उजुरी परेका थिए । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ ।
उनीहरूको कुरा सुनिसकेपछि प्रधानलाई निर्वाचन आयुक्त बनाउन नहुने ठहरमा समितिका सबैजसो सदस्यहरू पुगेको स्रोतले बतायो ।
संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति संसदीय समितिबाट ठाडै अस्वीकृत हुँदा त्यसले संवैधानिक परिषदमाथि नै गम्भीर प्रश्न उठ्ने भएकाले शीर्ष नेताहरूले सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने उपाय खोजेका हुन् । स्रोतका अनुसार प्रधान स्वयम्लाई सो पदबाट ब्याक हुनका लागि मनाउन पहल गरिएको थियो ।
It discourses all the perpetuars to occupy constitutional position and prevents them for exploiting the others more !!!
Good Decision Committee, CLAPPING………