माओवादी सांसदको प्रश्न- पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा छानबिन के हुँदैछ ? (भिडिओ) – Nepal Press

माओवादी सांसदको प्रश्न- पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा छानबिन के हुँदैछ ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले चर्चामा रहेका भ्रष्टाचारको फाइल खोल्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै घुस खाने र दिने दुवै व्यक्ति कानून अनुसार दोषी हुने बताए।

उनले भने, ‘यही सदनमा एक जना माननीय सदस्यबाट खुलासा भएको घुस खाने कर्मचारीलाई सरकारले कारबाही गर्‍यो कि गरेन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिएको सदनमै बोलेका थिए त्यसबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्री रमेश लेखकले बताइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर