मौद्रिक नीति सार्वजनिकलगत्तै राष्ट्र बैंकका विभागीय प्रमुखहरू हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक भएलगत्तै आफ्ना विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ । भने, अहिले डा. भट्टको ठाउँमा रामु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । त्यस्तै, आर्थिक अनुसन्धान विभागका डा. प्रकाशकुमार श्रेष्ठलाई कार्यकारीको जिम्मेवारीसहित भुक्तानी प्रणाली विभागमा लगिएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका विनोदराज आर्चायलाई टक्सार महाशाखा निर्देशकमा पठाइएको छ । मानव संशाधन व्यवस्थापन विभागमा रहेका विनोदराज लेखकलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा निर्देशकको जिम्मेवारीसहित सरुवा गरिएको छ ।