सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमा हुन्छ: गगन थापा – Nepal Press

सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमा हुन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही पनि नभएको बताएका छन् ।

दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताए ।

उनले भने, ‘हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ, कोही पार्टीको नेता भएको कारणले, कोही भीडको कारणले शक्तिशाली हुन्छन् । हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् । नेपालमा जतिसुकै शक्तिशाली होस्, चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भन्दिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने त्यो लोकतन्त्र होइन ।’

कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बताए ।

उनले भने, ‘अब कोही पनि मान्छे सरकारमा भएको र भीडको कारणले कुनै पनि खालको उन्मुक्ति पाउँदैन । उसकै पार्टीबाट पनि प्रश्न उठ्छ, त्यो संसदमा पनि देख्नुहुन्छ । कुनै छुट हुँदैन । सरकारको परीक्षण पनि यही कुरामा हुन्छ ।’


प्रतिक्रिया

4 thoughts on “सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमा हुन्छ: गगन थापा

  1. अनि छानबिन गरिने ब्यक्ति पनि आफ्नै ,छानबिन गर्ने निकाय पनि आफै नियुक्त गर्ने हो पनि भनिदिए हुन्थ्यो , नेपाली जनता मुर्ख छन । पत्याई हाल्थे नि ।

  2. दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताए । तर कोशी,महाकाली एवं गण्डक सम्झाैता, MCC, एनसेल, वाइडबडी, ट्रली बस, भृकुटी कागज कारखाना, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, विरगञ्ज-सर्लाही-लुम्बिनी-वसुलिंगा समेतका चिनी मिलहरू, विरगञ्ज कृषि अाैजार कारखाना, गोरखकाली टायर कारखाना, बुटवल धागो उद्योग, हेटाैडा कपडा उद्योग, हिमाल सिमेन्ट कारखाना, हरिसिध्दि इटा टायल कारखाना, बाँसवारी छाला जुत्ता कारखाना, बाख्रा पालन व्यवसाय इत्यादीको छानविन गर्ने कि नगर्ने भनेर स्वदेश मा त कुरा उठाउनेसम्मको हिम्मत छैन नै विदेशमा पनि गएर बोल्ने हिम्मत गर्न नसक्नुमा कस्को कमजोरी वा नेपाली काँग्रेस रसातलमा पुग्ने डर हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर