विपद् व्यवस्थापनबारे सांसद कार्कीद्वारा सार्वजनिक महत्वको प्रस्ताव पेस – Nepal Press

विपद् व्यवस्थापनबारे सांसद कार्कीद्वारा सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।

प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ । सो प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असीम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंसाकार र निशा डाँगी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर