नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ: प्रधानमन्त्री ओली (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन १४ गते १७:३६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिमेकी देशहरुलाई बाघ उपहार दिनसक्ने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
बालबालिकाले राखेको प्रश्नमा ओलीले बाघको विकास आवश्यक भएको तर त्यो निश्चित क्षेत्रभित्र हुनुपर्ने बताए ।
नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएको उदाहरण दिँदै ओलीले भने, ‘म चीन जाँदा हाम्रा गैंडाको स्वास्थ्यबारेमा सोध्छु । भद्रको निधन भएको छ । अब अर्को दिनुपर्छ होला ।’
प्रतिक्रिया
One thought on “नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ: प्रधानमन्त्री ओली (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
yo murkha