फर्जी डकुमेन्ट बनाएर जापान लैजान लागेको आरोपमा लामा पक्राउ
नेपाल प्रेस
२०८१ साउन १४ गते १८:४८
काठमाडौं । दुई दर्जन बढी नेपालीलाई फर्जी डकुमेन्ट बनाएर विभिन्न कार्यक्रममा भन्दै जापान लैजाने कार्य गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समीर लामालाई पक्राउ गरेको हो । उनीमाथि २३ जनालाई भिजिट भिसामा जापान लैजाने प्रक्रिया गरेको जसमा ८ जना गइसकेका खुलेको छ । जापानस्थित गैरआवासीय नेपालीले यस विषयमा सूचना पाएपछि जानकारी गराइएको बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर