कांग्रेसले मन्त्रीहरु सिफारिस गर्न ढिला गरेकाले सरकार गठनमा समय लाग्यो : मुख्यमन्त्री कार्की (भिडिओ)
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।
सोमबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन बारे लगभग सहमति भईसकेको र नेकपा एमालेले मुख्यमन्त्री सहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए ।
तर कांग्रेसका तर्फबाट नाम नआउदा ढिलाई भएको उनको भनाइ छ । उनले केन्द्रमा भएको सहमतिअनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएअनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले बजेट संसोधन नभई केही विषयमा पूनरावलोकन गरिने समेत बताए ।