अदालतको आदेशबमोजिम फाइल उपलब्ध नगराएको भन्दै कृषिसचिव खराललाई जरिवाना
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयका कृषि सचिव डा.दीपककुमार खराललाई सर्वोच्च अदालतले १० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अदालतको आदेश बमोजिम सचिव खरालले फाइल नपठाएको भन्दै उनलाई १० हजार जरिवाना गर्ने आदेश दिएको हो ।
सर्वोच्च अदालतले नेपाल कृषि अनुसन्धान परिषदको कर्मचारी सेवा शर्त सम्बन्धी विनियम तयार पार्दाको फाइल मागेकोमा मन्त्रालयले उक्त फाइल पेश गर्न ढिलाई गरेको थियो । पछिल्लो पटक हराएको फाइलको खोजी भइरहेको भन्दै सचिव खरालले जवाफ पठाएपछि सर्वोच्च अदालतते जरिवाना गर्ने निर्णय गर्दै आदेश दिएको हो ।