अबदेखि सुन चाँदीको असर्फी खरिद गर्दा परिचयपत्र चाहिने – Nepal Press

अबदेखि सुन चाँदीको असर्फी खरिद गर्दा परिचयपत्र चाहिने

काठमाडौं । अबदेखि सुन तथा चाँदीको असर्फी खरिद गर्दा परिचयपत्र अनिवार्य चाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असर्फी, स्मारिका सिक्का, मेडालियनको खरिद गर्दा राष्ट्रिय परिचयपत्र, नागरिकता, चालक अनुमतिपत्र वा मतदाता परिचयपत्र मध्य कुनै एक पेश गर्नुपर्ने बताएको छ ।

मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको खरिद गर्दा आफ्नो परिचय खुल्ने कागजात पेश गर्न भनिएको छ ।

महाशाखाबाट बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था गराइएकाले परिचयपत्र चाहिने केन्द्रीय बैंकले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *