राजदूत नियुक्ति समावेशी सिद्धान्तको आधारमा नभएको भन्दै कांग्रेस सांसदको ध्यानाकर्षण (भिडिओ) – Nepal Press

राजदूत नियुक्ति समावेशी सिद्धान्तको आधारमा नभएको भन्दै कांग्रेस सांसदको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे ।

उनले भने, ‘हिजोको मन्त्रिपरिषद्को बैठकले एउटा निर्णय गरेको छ । उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्न चाहन्छु । संविधानको धारा २८२ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ । भने धारा २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नुपर्ने संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने उल्लेख छ ।’

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशकोे राजदूत नियुक्ति गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर