रक्षामन्त्री हुँदा म कडा थिएँ, वीरेन्द्र राजाले भनेको नमानी सेनापतिलाई हटाइदिएँ : माधव नेपाल (भिडिओ) – Nepal Press

रक्षामन्त्री हुँदा म कडा थिएँ, वीरेन्द्र राजाले भनेको नमानी सेनापतिलाई हटाइदिएँ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् ।

मंगलबार अनेरास्ववियू काठमाडौंले आयोजना गरेको कार्यक्रममा उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रूपमा प्रस्तुत भएको बताए । उनले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको बताए ।

तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि उनलाई बर्खास्त गर्नुपरेको नेपालको जिकिर छ । सो सयमसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गरे ।

नेपालले भने, ‘म लेबनान गएको थिएँ । म त्यहाँ गएको लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरू थाहा पाएँ । उनीहरू मलाई भेट्न आए । किन आए थाहा छ, किनभने म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएको बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो ।’

अध्यक्ष नेपालले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताए । अनुशासित भएमात्रै राम्रो जीवनयापन गर्न सकिने उनको भनाइ छ ।


प्रतिक्रिया

2 thoughts on “रक्षामन्त्री हुँदा म कडा थिएँ, वीरेन्द्र राजाले भनेको नमानी सेनापतिलाई हटाइदिएँ : माधव नेपाल (भिडिओ)

  1. राजाको पाउमा मोहोर चढाउन जाने चै को हो नि माधव कमरेड ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर