यतीको विमान दुर्घटनाः पाइलट र कोपाइलटबीच यस्तो थियो अन्तिम संवाद – Nepal Press

यतीको विमान दुर्घटनाः पाइलट र कोपाइलटबीच यस्तो थियो अन्तिम संवाद

काठमाडौं । २०७९ माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिको ककपिट भ्वाइस रेकर्डस सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त ककपिट भ्वाइस रेकर्ड अडिओ सोमबार ‘ग्राउन्ड जेरो’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

अडियोजमा जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिसम्मको पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको संवाद छ । दुवैले पोखरामा अवतरण गर्नुभन्दाअघि सामान्य कुराकानी गरेका थिए । यहाँसम्म कि जहाज दुर्घटनापछिमात्रै दुवैलाई गडबडी थाहा भएको जस्तो सुनिन्छ ।

२०७९ माघ १ गते काठमाडौंबाट ४ जना चालक दलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन-एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना भएको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।

यसअघि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले दुर्घटनाअघिको अवस्थाबारे प्रस्तुत गरेको विवरणमा त्रिभुवन विमानस्थलबाट भएको टेकअफ, आकाशको रुट र अवतरण प्रक्रिया सामान्य नै रहेको उल्लेख थियो ।

पोखरा विमानस्थलसँगको पहिलो सम्पर्कमा एटीसीले जहाजलाई लेखनाथतर्फ रहेको प्रवेश बिन्दु (रनवे ३०) बाट अवतरणका लागि निर्देश गरेका थिए । तर, पछि पाइलटले फेवातालतर्फबाट पस्ने पश्चिमी ‘रनवे १२’ बाट अवतरणका लागि अनुरोध गरेको र अनुमति पाएको उक्त प्रतिवेदनमा छ ।

उक्त अडियोअनुसार दुवैजना पाइलट र कोपाइलटलाई कुनै गडबडी भएको अन्तिम समयसम्म थहा नभएजस्तो सुनिन्छ ।

पाइलटः रेडियो नेपालको टवर याद गर्‍या थेनौं होला, ऊ त्यो हो चाँही हो । ऊ त्यो ठूलो । ऊ त्यो डाँडाको अल्लि यता । अल्लि लङ बनाउन गयो भने त्याँ पुग्छ नि फेरि । यता जानु हुँदैन ।

कोपाइलटः हजुर देखिरा’छु ।

कोपाइलटः अब म्यानुअल लिने हो त ?

पाइटलः हैन हैन पर्दैन, एकछिन पर्दैन ।

कोपाइलटः पर्दैन, एए ओके ।

पाइटलः यो सीधा गइन्जेल पर्दैन् । त्यसपछि ।

कोपाइलटः ए ।

पाइलटः अ अब यहाँबाट चाँहि म्यानल लेउ । म्यानल लिएर जिपर १५० ।

कोपाइलटः क्लयास ३० !

पाइलटः क्लयास ३० । झर्दै जाउ है । झर्दै जाउँ तलपनि जाउँ ।

पाइलटः ओके विफोर ल्यान्डिङ, ल्यान्डिङ गियर ।

कोपाइलटः डाउट ३ बीट ।

पाइलटः फ्लाप्स ।

कोपाइलटः ३० ।

(तीव्र गतिमा भएको अस्पस्ट संवाद)

कोपाइलटः के आयो !

पाइलटः ह !

कोपाइलटः इलिफ्ट भनेर आइरा छ ।

कोपाइलटः अल्टीच्युट टर्न होइन ?

पाइलटः हो । कन्टिन्यू टर्न । अब यो नयाँ एयरपोर्ट पट्टि ।

कोपाइलटः ओके ।

पाइलटः अल्लि तल ।

कोपाइलटः तल होइन् । यो त यतीकै ठीक छ । पावर हाल ।

कोपाइलट : पावर नै आएन सर ।

पाइलटः हा… !

कोपाइलटः पावर नै आएन ।

पाइलटः अगाडि हाल्नुपर्‍यो ।

कोपाइलटः आएन सर…पावरै आएन् ।

पाइलटः ओके यता जाउँ त ।

कोपाइलटः ओके ।

कोपाइलटः यो ड्युअल ल्यान्डिङ है सर ।

पाइलटः ह !

कोपाइलटः टर्कै आएन के सर, यहाँ आउनुपर्‍यो नि सर ०० ।

पाइलटः के भयो ?

यतिमै कोपाइलटको चिच्चाहटसँगै जहाज दुघट्ना भएको आवाज सुनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *