ओलीको निर्देशन- धरहरा सञ्चालनमा ल्याउनू, रेल र पानी जहाजलाई प्राथमिकतामा राख्नू – Nepal Press

ओलीको निर्देशन- धरहरा सञ्चालनमा ल्याउनू, रेल र पानी जहाजलाई प्राथमिकतामा राख्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सरकारका सचिवहरूलाई २६ बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर सचिवहरुलाई स्थायित्वका लागि आफ्नो नेतृत्वमा सरकार बनेका हुनाले ढुक्कसँग काम गर्न निर्देशन दिए ।

उनल धरहरा बनिसकेको भएपनि पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा नआएको बताए ।

उनले भने, ‘पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौं रकम पनि दिएका थिए । यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ।’

सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतयताः मन्त्रीहरुले अरुको आलोचना नगर्न निर्देशन दिएका छन् ।

उनले थपे, ‘आफ्नो काम गर्नु । हरेक मन्त्रालये सय दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिने गरी मान्छेले गरे है भन्ने सोच्ने गरी लाग्नु ।’

उनले सरकारले रेल र पानीजहाज चलाउने योजनालाई प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘हवाइ र सवारी दुर्घटनाका घटनाहरु भइरहेका छन् । हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ । रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनतको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर