रघु पन्तलाई स्वर्णिमको जवाफ- हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखसँग गोप्य वार्ता गर्नु छैन (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एमालेका सांसद रघु पन्तलाई जवाफ फर्काएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै आपत्ति जनाएका थिए।
त्यसको जवाफ फर्काउँदै रास्वपा उपसभापति वाग्लेले भने, ‘राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल रहने थिएन । कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईंहरूले नेपाललाई त्यहाँ पुर्याउनुुभयो ? हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण्ण राख्दै लिने, हाकाहाकी संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने । हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन ।’
कुनै नदीनालाका सन्धिहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुःसाहस गर्नु पनि नभएको उनले बताए ।
सांसद वाग्लेले थपे, ‘हामी नयाँ कूटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौं । अरूको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने, झूटो बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दुःसाहस कसैले नसोच्नुहोला ।’
‘हामी नयाँ कूटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौं । अरूको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ ।”
आईएमफका डाटा घोकेर बिद्वान कहाँलिएको वाग्लेजी
मोदीसँग एक भेट मै ‘भारतको कुरा हामीले बुझिदिनुपर्ने’ बनेर आउने ढोगिले राष्ट्रवादको कुरा गर्न सुहाएन ।
राहदानि,नागरिकता, बिदेशी बुहारि,सहकारी ठगी हुँदै ‘भारतको कुरा हामीले बुझिदिनुपर्ने’ पनि तिम्रै पार्टिले यही राजनितिक संस्कार दिन आको हो ? छ्या!!
मनरो डक्ट्रीन केवल उपनिबेश रोक्ने सँग संबन्धित विषय हो । कस्को उपनिबेश छ हँ दक्षिण एशियामा ? दक्षिण एशियामा ‘भारतको कुरा हामीले बुझिदिनुपर्ने’ छ्या, तिम्रो डिग्री धिक्कर रैछ भाइ ।
तिमी उतै फर्क ।
काङ्ग्रेस्ले तिमी लाई दुदमा परेको माखो फाले झै यही कारणले फालेको रहेछ ।
उतै फर्क देस भित्र अरुको ईन्ट्रेस्ट लागू गर्न नेपाली न बोल्दा कल्याण हुनेछ