टेलिग्रामका अविवाहित संस्थापक दुरोभ भन्छन्- १२ देशमा मेरा १०० बच्चा छन् – Nepal Press

टेलिग्रामका अविवाहित संस्थापक दुरोभ भन्छन्- १२ देशमा मेरा १०० बच्चा छन्

काठमाडौं । रुसी नागरिकले सिर्जना गरेको चर्चित सामाजिक सञ्जाल टेलिग्रामका संस्थापकले एक रोचक निजी कथा सार्वजनिक गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार उनले १२ देशमा १०० बच्चा भएको खुलाएका छन् ।

पाभेद दुरोभ नामका टेलिग्राम संस्थापकले आफू वीर्यदाता भएको बताएका छन् । आफूले १५ वर्ष अगाडिबाट नै यस्तो दान सुरु गरेको उनले बताएका छन् ।

आफूले गुमनाम भएर आफ्नो उच्चस्तरीय वीर्य दिएको भन्दै उनले केही समयपछि आफ्नो डीएन सेक्वेन्स सार्वजनिक गरेर आफ्ना सन्तानहरुले एकअर्कालाई चिन्न सहज बनाउने बताएका छन् ।

अविवाहित दुरोभले वीर्यदानमा जोखिम भए पनि त्यसमा आफ्नो कुनै गुनासो नभएको बताएका छन् । दुरोभका १०० बच्चाको कुरा सार्वजनिक भएपछि अमेरिकी खर्बपति तथा एक्स (साविकको ट्विटर)का साहु एलन मस्कले हाँस्यव्यङ्ग्य गर्दै १०० बच्चा हुनु भनेको त जंगिज खानको जत्तिकै भएको औंल्याएका छन् ।

एलन मस्कका पनि तीन महिलाबाट १२ सन्तान भएको आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर