देशमा थोरै सीटको च्याँखे दाउ सकियाे, ८४ मा तरक्की गर्नुस्: गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले देशमा थोरै सीटको च्याँखे दाउ सकिएको भन्दै साना दललाई ८४ मा तरक्की गर्न सुझाएका छन् ।
प्रतिनिधिसभामा आज बोल्दै उनले नेकपा माओवादी केन्द्र तथा नयाँ दल रास्वपाका सांसदहरुलाई कटाक्ष गरे । माओवादी लक्षित गरेर बाँस्कोटाले माओवादीले अपवित्र गठबन्धन भएकोमा ‘कुन गौतले छर्किँदा शुद्ध हुन्छ’ भन्दै प्रश्न गरेका थिए ।
सबै दल सबैसँग मिलेको भन्दै उनले माओवादीलाई लक्षित गरेर सोधे, ‘३२ सीटले सत्ताको तालाचाबी मेरो होइन भनेर सोच्नु भो ?’
रास्वपालालई संकेत गर्दै बाँस्कोटाले सत्ताको र सरकारको ढोक्सामा परेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने अवस्थामा रास्वपा नभएको भन्दै आलोचना गरे ।
उनले भने, ‘अब नयाँ को रह्यो, पुरानो को रह्यो ? दुईदुई पटक सत्तामा सहभागिता भयो । यो संसदको गणित यस्तो रहिरहँदा, हाम्रो निर्वाचन प्रणाली यो रहिरहँदा यी दिनहरु दोहोरिराख्छन् ।’
संविधान संशोधन हुँदा समावेशिता नसकिने भन्दै बाँस्कोटाले भने, ‘समावेशिता हाम्रो सिद्धान्त हो । समावेशिता नेपाली राजनीतिको सिद्धान्त हो ।’
आरक्षणबारेमा उनले भने, ‘किन ३३ प्रतिशतको कुरा गर्ने ? किन आरक्षणको कुरा गर्ने ? डाइरेक्ट रोटेसनको आधारमा निर्वाचनमा किन लाँदैनौँ ? भाइब्रेन्ट डेमोक्रेसी त्यसरी हुन्छ । किन खल्तीको डेमोक्रेसी बनाउने त ?’
मुलुकमा बाढी पहिरो गएको समस्यादेखि राष्ट्रिय गौरवका आयोजनामा कुनै छलफल सदनमा नभएको पनि बाँस्कोटाले बताए । उनले मेलम्चीमा सिंगापुरमा मुद्दा लड्नमात्रै ५४ करोड दिइएको बताए ।
सीएमसीको नाम लिँदै उनले भने, ‘त्यसको टोटल प्रोपर्टी कति छ नेपालमा ? उसको बैंक डिपोजिट कति छ ? उसको मेसिनरी कति छ यहाँ ?’
कूटनीतिक मुद्दामा बाँस्कोटाले भने, ‘हामी दुइटा हात्तीको बीचमा छौं । हात्तीले पिरती लगाउँदा पनि बगैंचाको सत्यनास हुन्छ । हात्तीले जुध्दा पनि सत्यनास हुन्छ । नेपालको बगैंचाको सुरक्षा गर्ने पो अभिव्यक्ति दिनुप¥यो । जान्या छ भनेर, धेरै पढेको छ भनेर एकदमै अनौठो खालको कुरा व्यक्त गर्नुभएन ।’
गोकुल बास्कोटा हावामा बोल्दैछन् भन्ने पो लाग्यो
one of the best, balanced and issues-based statements of MP Baskota. I liked it.
अब आउने चुनाव द्वारा जितेका जन प्रतिनिधि द्वारा प्रम चुन्ने हक हनन् गर्नु पर्छ। किनकी यीनिहरुले कहिले पनि सहि प्रधानमन्त्री चुन्न सकेन जहिले पनि आफ्नै स्वार्थ पुरा गर्न दिने खराब व्यक्तिलाई मात्र बनायो र देश खतम पार्यो। याे सिस्टम परिवर्तन गर्नुपर्छ।
अब उप्रान्त हरेक पार्टीले आ-आफ्नो दलबाट काे प्रधानमन्त्री बन्ने भनेर चुनाव अगाडि नै घोषणा गर्नु पर्छ। अनि मात्र भाेट दिने सिस्टम बनाउनु पर्छ। भाेट माग्न आउँदा साधु भाेट जितेपछि राक्षस भै राकाे छ आज सम्म। त्यसैले अव अगाडि नै “हाम्रो पार्टीले फलानो लाई देशको भावि प्रधानमन्त्री बनाउछौँ” भनेर भाेट माग्नु पर्छ तब हामी काे प्रधानमन्त्री भयाे भने देशको काम र विकास राम्रोसँग हुन्छ भन्ने जानेर मनपर्ने प्रधानमन्त्रीकाे खातिर हामी भाेट दिउँला।
यसाे गर्दा मनपर्ने पार्टी लाई समेत भाेट जान सक्दछ। किनकी पार्टीको हैन तर अब देश नायककाे आवश्यक पर्याे।
“मन नपर्ने पार्टिलाई समेत भाे जान सक्दछ ” भनेकाे मनपर्ने लाई पाे भएछ।