थुनुवाको उपचारका क्रममा मृत्यु
नेपाल प्रेस
२०८१ साउन १६ गते ९:२७
काठमाडौं । झापामा एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको मेचिनगर ७ पालिका टोलका झक बहादुर खड्काको मृत्यु भएको हो ।
लागूऔषध (खैरो हिरोइन) ५ ग्राम बरामद गरी आवश्यक कारबाहीका अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।
बुधवार मध्यराति करिब पौने २ बजे स्वास्थ्य अवस्था असहज भएर आम्दा अस्पताल उपचारका लागि लगिएकोमा चिकित्सकले १:५५ बजे मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा थप कानूनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर