राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, के मा हुँदैछ छलफल ?
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीनजना मन्त्री उपस्थित भएका छन् ।
मंगलबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित भएका हुन् । बैठकमा पूर्व गृहमन्त्री रवि लामिछाने पनि छन् ।
साथै बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरक्षक राजु अर्याल, मन्त्रालयका सचिवलगायतको उपस्थिति छ । रहेको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी विषयमा छलफल भइरहेको छ ।
खासगरी कैदीबन्दीको मानव अधिकार, सेवा सुविधा र व्यवस्थापन बैठकको मूल एजेण्डा रहेको बताइएको छ ।