भारतले निर्यात बढाउन चीनको प्रत्यक्ष वैदेशिक लगानी बढाउने – Nepal Press

भारतले निर्यात बढाउन चीनको प्रत्यक्ष वैदेशिक लगानी बढाउने

काठमाडौं । भारतले निर्यात बढाउन चीनको प्रत्यक्ष वैदेशिक लगानी बढाउने भएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार भारतका वाणिज्यमन्त्री पियुष गोयलले मङ्गलवार यस्तो बताएका हुन् ।

आरटीका अनुसार भारतको आर्थिक सर्वेक्षण आएको केहि दिनपछि गोयलको यस्तो भनाई आएको छ । भारतको आर्थिक सर्वेक्षणमा चीनको प्रत्यक्ष वैदेशिक लगानी बढाउने कुरा आएको थियो ।

सर्वेक्षणमा भनिएको छ, ‘भारतको प्रशोधन क्षेत्र बढाउन तथा भारतलाई विश्वको सप्लाइ चेनमा जोड्न भारतले चीनको सप्लाइ चेनमा जोडिनुपर्छ ।’

चिनियाँ कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानी भारतमा बढाएर भारतको पूर्वी एसियादेखि अमेरिकासम्म निर्यात बढाउने लक्ष्य भारतले भएको आरटीले भारतको आर्थिक सर्वेक्षणलाई साभार गरेर उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर