गोंगबु बसपार्कमा पार्किङ गरिएको बसमा युवकको शव भेटियो
नेपाल प्रेस
२०८१ साउन १६ गते १३:२८
काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखेको बसमा युवकको शव भेटिएको छ ।
बा. २ ख २३४४ नम्बरको बसमा सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । अधिकारीको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले सुनाए ।
प्रतिक्रिया
सम्बन्धित खवर