बागमती प्रदेश: भौतिक मन्त्रालयले बनायो ‘क्विक रेस्पोन्स टिम’
हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधर विकास मन्त्रालयले बाढी पहिरोको अवरोधलाई तत्काल हटाई प्रदेशभरको सडकलाई नियमित संचालनमा ल्याउन क्विक रेस्पोन्स टिम (क्युआरटी) निर्माण गरेको छ ।
बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि भौतिक मन्त्री अमनकुमार मास्केले क्युआरटीका प्रमुख यातायात पूर्वाधार निर्देशानालयका निर्देशक पुष्कर प्रसाद पोखरेललाई जिम्मेवारी प्रदान गरे ।
वर्षातको मौसममा अकास्मात आउने बाढी पहिरोको कारण सडकमा पहिरो जाने, खोला खहरेले कटान गर्ने हुँदा त्यस्तो अवरोध तत्काल हटाउनको लागि आफूहरुले क्युआरटी निर्माण गरिएको मन्त्री मास्केको भनाई छ ।
मन्त्री मास्केले क्युआरटीले सडक अवरुद्धबारे सुचना दिने, बैकल्पिक सडक प्रयोग गर्न लगाउने र तत्काल अवरुद्ध सडक सञ्चालन गर्न समन्वय गर्न नियमित लाग्न निर्देशन दिए ।
आवश्यकता अनुसार मन्त्रालयले अवरोध हटाउन मोबाइल टोली पनि खटाइने बताए । प्रायगरी हेटौंडा– काठमाडौंको छोटा सडकहरु पहिरोको जोखिममा रहेको भन्दै उनले ती सडकहरुलाई नियमित संचालन हुनेगरि निर्माण गर्नेगरि दिर्घकालिन योजना सहितको निर्माणमा मन्त्रालय प्रतिवद्ध रहेको बताए ।
निर्देशानालयका निर्देशक पोखरेल प्रमुख रहेको टोलीको सदस्यहरुमा मन्त्रालयको सिनियर डिभिजनल ईन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, निर्देशानालयका अधिकृत हरीप्रसाद ओझा र जिल्ला स्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्य रहका छ्न् ।